घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ
बिहीबार, १८ असार २०७७, १९ : २९
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ ।
विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट रु दश हजार घुस रकमसहित पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको छ ।
होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै कार्यालय सहयोगी चौधरीले उक्त रकम मागेकाले उनलाई रङ्गेहात पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाइने तयारी भइरहेको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा