गण्डकी प्रदेशमा थपिए थप १७ नयाँ संक्रमित, कुल सक्रमित संख्या १०३१ पुग्यो
बिहीबार, १८ असार २०७७, १५ : ५९
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १७ नयाँ केस थपिएको छ । लमजुङ र कास्कीमा गरि १७ नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा एक पुरुष सहित लमजुङमा १६ संक्रमित थपिएका हुन् । लमजुङमा थपिएका संक्रमितमध्ये बेँशीसहरमा ३ पुरुष, दोर्दीमा २, मध्यनेपालमा ४, दुधपोखरीमा एक, सुन्दरबजारमा ३ पुरुष र एक महिला, मस्याङ्दी र राइनासमा एक एक पुरुष गरि १६ नयाँ संक्रमित थपिएका छन् ।
थपिएका १७ जना संक्रमितको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशालामै गरिएको हो । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १०३१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ