‘मिसबाह होइन अफ्रिकीको क्याच लिन ठूलो दबाब थियो’
भारतीय तेज बलर श्रीसन्तले आफ्नो करियरमा धेरै दिग्गज क्रिकेटरसँग खेलेका छन् । उनी त्यस्ता, क्रिकेटरमध्ये एक हुन् जसले आफ्नो देशका लागि एकदिवसीय र टी–२० दुबै विश्वकप जितेका छन् ।
२००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकपमा उनी भारतीय टिमको हिस्सा थिए । टी–२ विश्वकपमा भारत र पाकिस्तानबीचको खेलमा उनको भूमिका खास थियो । यस खेलमा श्रीसन्तले चार ओभरमा ४४ रन दिएर सोहेल तनविरको विकेट लिएका थिए ।
श्रीसन्तले भर्खरै बताएका छन् कि टी–२० विश्वकपको फाइनलमा उनले सबैभन्दा ठूलो दबाब कोबाट झेल्नुप¥यो । भारत र पाकिस्तानबीचको यस फाइनलमा उनले बलिङभन्दा धेरै चर्चा फिल्डिङबाट पाए ।
उनले मिसबाह उल हकलाई निर्णायक घडीमा क्याचआउट गराए, जसकारण भारतीय टिमले उपाधि जितेर इतिहास राख्न सक्यो । पाकिस्तानलाई चार बलमा ६ रनको जरुरी थियो । मिसबाहले सट खेले र श्रीसनतले शान्दर क्याच लिएर भारतलाई इतिहास बनाउन सहयोग गरे ।
उनको यो क्याच अझै पनि कसैले भुलेका छैनन् यद्यपी ३७ वर्षीय श्रीसन्तकाअनुसार उनी मिसबाहको क्याच लिनुभन्दा धेरै दबाब अफ्रिदीको क्याच लिने क्रममा थिए ।
क्रिकट्रयाकरसँगको कुराकानीमा उनले भनेका छन्, ‘मेरा लागि सहिद अफ्रिदीको क्याच लिनु धेरै महत्वपूर्ण थियो । इरफान पठानले मलाई भनेका थिए कि अफ्रिकीले पक्कै छक्का प्रहारका लागि हिट गर्नेछ । बल लङ अफका लागि आउनेछ र पहिलो बलमै उनी आउट हुनेछन् । तिमीले क्याच लिनु । उनले पहिल्यै देखेका थिए की के हुँदैछ । उनले धेरैपटक अफ्रिदीको विकेट लिइसकेका थिए । भाग्यवस् बल हावामा उड्यो र मैले त्यसलाई पकडिए ।’
श्रीसन्तजस्ता धेरै व्यक्ति छन्, जसले आज पनि मिसबाह क्याचआउट हुँदाको घटना याद गर्छन् । यसबारे श्रीसन्त भन्छन्, ‘जब बल मेरोतर्फ आएको थियो । । त्यसबेला मैले साँच्चै भन्नुपर्दा क्याचको बारेमा सोचेको थिइँन । बरु, मैले उनलाई दुई रन लिनबाट रोक्नेतर्फ सोचेको थिएँ ।
मिसबाहको विकेटको समय मैले दाँया वा बायाँ डाइभ गरेर बललाई रोक्न विषयमा सोचिरहेको थिएँ, ताकि मिसबाहले दुई रन लिन नसकुन् । मैले बललाई क्याच गर्नेेबारेका सोचेको थिइँन धोनीले पनि एक अन्तवार्तामा मिसबाहको त्यो क्याच भारतीय क्रिकेटको इतिहासमै सबैभन्दा दबाब सिर्जना गर्ने क्याच थियो भनेका छन् । तर मेरा लागि अफ्रिदीको क्याच मेरो करियरमा सबैभन्दा दबाब दिने क्याच थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगियो
-
लाखौँको अवैध काठसहित पिकअप भ्यान बरामद
-
‘पीजी’ पढ्ने डाक्टर र कलेज सञ्चालकबिच निर्वाह भत्ताको विवाद : मध्यमार्गी बाटो खोज्दै सरकार
-
एप्पलले पायो अनौठो सेक्युरिटी क्यामराको प्याटेन्ट
-
पाथीभरा मन्दिरका पुराना घण्टी लिलाम बिक्री गरिँदै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दरखास्त आव्हान