भन्सार कार्यालय सिरहाले उठायो लक्ष्यभन्दा दोब्बर राजश्व
लहान । भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ । लकडाउनका कारण भन्सारमा शिथिलता आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो ।
भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै रु सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको प्रमुख साहको भनाइ छ ।
चालू आव २०७६/७७ मा रु चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो । लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो ।
खेलाडीलाई खेलकूद सामग्री वितरण
प्रदेशसभा सदस्य प्रमोद यादवले सिरहा नगरक्षेत्रका खेलाडीलाई संसदीय कोषको रकमबाट खेलाडीलाई खेलकूद सामग्री वितरण शुरु गरेका छन् । सिरहा नगरपालिका क्षेत्रका २२ वटै वडालाई लक्षित गरी आज बिहानबाट खेलकूद सामग्री वितरण शुरु भएको सलहेश युवा कल्बका अध्यक्ष राजिव यादवले जानकारी दिए ।
संसदीय कोषको रु नौ लाख ५० हजारको लागतमा फुटबल र क्रिकेटलगायतका खेलहरु प्रोत्साहन गर्न सो सामग्री वितरण गरिएको क्लबका अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ
-
काठमाडौँ महानगरभित्र विद्यार्थी भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाइने
-
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी
-
अनमोललाई ‘मेघास्टार’को ट्याग जोगाउन सकस भएको हो ?
-
२२ वर्षीया भीमा मृत्यु प्रकरण : शव नबुझ्ने अडानपछि मुख्यमन्त्रीको चासो
-
प्राथमिकतामा यातायात पूर्वाधार : मेट्रोदेखि द्रुतमार्ग र सुरुङ मार्ग ‘सोकस’मा