सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

स्थायी समिति बैठक रोकेर ओली–प्रचण्ड आन्तरिक छलफलमा जुटे

बिहीबार, १८ असार २०७७, १४ : १०
बिहीबार, १८ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन् । 

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक द्दण्टा ढिला गरी मध्यान्ह १२ बजे सुरु भएकोमा केहीबेरमै बैठक रोकर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका  हुन् । 

दुई अध्यक्षबीच जारी विवादलाई कसरी हल गरेर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको नेता हरिबाेल गजुरेलले जानकारी दिए । 

बिहीबार बिहानमात्रै अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालिएको थियो । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप