स्थायी कमिटी बैठक रोकेर नेकपाका ५ नेताहरु परामर्शमा

काठमाडौं । जारी स्थायी कमिटी बैठक रोकेर नेकपाका ५ जना नेताहरु पार्टीभित्र चर्किएको विवाद मिलाउन परामर्शमा जुटेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र विष्णु पौडेल परामर्शमा जुटेका हुन् ।
अहिले उनीहरुबीच पार्टीभित्र उत्कर्षमा पुगेको विवादलाई कसरी टुङ्याउने भन्ने विषयमा छलफल चलिरहेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले केही दिनअघि दिएको भारतविरोधी अभिव्यक्तिसँगै नेकपाभित्र अन्तरविरोध चुलिएको छ ।
ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखल भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरुले ओलीको चर्को आलोचना गरेका थिए । त्यसपछि ओली पक्ष र विरोधी खेमाले आन्तारिक छलफललाई तिव्रता दिँदै आएको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तक चोर्ने आफ्नै घरमा आउने नजिकका मान्छे हुन्छन्’
-
नीति तथा कार्यक्रम नीरस र पट्यारलाग्दो : माओवादी
-
‘नीति तथा कार्यक्रम ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट’
-
आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ: पूर्वप्रधानमन्त्री खनाल
-
सयौँ पुतली
-
पहलगाम हमला : भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगायो