म्यानमारमा भीषण पहिरो, कम्तीमा ५० जनाको मृत्यु
एजेन्सी । म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको बताइएको छ । खानी साइडमा काम भइरेहको यस अवस्थामा कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ । तर यस विषयमा थप जानकारी आउन भने बाँकी रहेको छ ।
सन् २०१६ को नोभेम्बर पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको थियो । बिहीबारको पहिरोको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ । केही दिन यतादेखि सो क्षेत्रमा अविरल रुपमा वर्षा भइरहेको छ । वर्षापछि सो स्थानमा पहिरो आएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । –सिन्ह्वा/Photo: aljazeera
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ