बारामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई प्रदेश सरकारले जनही १ लाख दिने
रौतहट । प्रदेश २ सरकारले बारामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई जनही एक एकलाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले चट्याङ पीडित परिवारलाई एक–एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । साथै चट्याङ लागेर घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले दिने मन्त्री सोनलले बताए ।
बिहिवार बिहान परेको वर्षासँगै बाराको कलैया नगरक्षेत्र अन्तरगतका २ जना महिलाको खेतमा धान रोपाइँ गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको थियो । त्यसैगरी फेंटा गाउँमा घरमाथि चट्याङ खस्दा २ महिला गरि ४ जनाको मृत्यु भएको थियो । चट्याङ लागेर १० जना घाइते भएका छन् ।
फेंटा गाउँपालिकाको ७ जना, कलैयाको २ जना र सुवर्ण गाउँपालिकाको १ जना गरी १० जना चट्याङ लागेर घाइते भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । घाइतेमध्ये एकजना गम्भिर र अन्य सामान्य अवस्थामा रहेका छन् । घाइते ७ जनाको वीरगञ्ज र ३ जनाको कलैया अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने