बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संसदको वर्षे अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहीबार, १८ असार २०७७, १२ : ४८
बिहीबार, १८ असार २०७७

काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

ती मन्त्रीका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि स्थगन गर्ने निर्णय बैठकले गरेको हो । 

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ । 

आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो । 

आजै मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप