शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

बिहीबार, १८ असार २०७७, १२ : २४
बिहीबार, १८ असार २०७७

काठमाडौं – काभ्रे, धुलिखेल नगरपालिका-२ रविओपीस्थित सडकमा बा.४ ख ६३८६ नम्बरको टिपरले बा.३६ प ५०५२ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक धुलिखेल नगरपालिका-२ बस्ने ५३ वर्षीय बेद प्रसाद कोईराला र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय गोबर्धन कोईरालाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयाचोकस्थित सडकमा ज.३ प ७०४२ नम्बरको मोटरसाइकल नियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको
मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक जनकपुर उपमहानगरपालिका–२० देवपुरा रूपैठा बस्ने २५ वर्षीय बिजय कुमार शर्मा र मोटरसाइकलमा सवार उनकै आमा ४५ वर्षीया धर्मवती देवीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका–१६ बंगरी पुलस्थित सडकमा ना.३ ख ४८९३ नम्बरको ट्रकले ना।२ ह ५०७१ नम्बरको अटोलाई बुधबार राति ठक्कर दिँदा अटो चालक पर्सा वीरगंज महानगरपालिका–२७ बस्ने ३१ वर्षीय कृष्ण महरा चमारको घटनास्थलमै मृत्यु भएको छ । 

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप