जसपा नेपालमा असन्तुष्ट नेताहरुको यसरी भयो माग सम्बोधन

जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव र अनिलकुमार झाको असन्तुष्टिको सम्वोधन हुने भएको छ । एकीकरणप्रति असन्तुष्ट रहेका उनीहरु हिजो निर्वाचन आयोगममा पार्टीको तर्फबाट पेस गरिएको कागजातमा हस्ताक्षर गरेका छन् ।
५१ सदस्यीय कार्यसमितिमा आफ्ना एकजना पनि मान्छे नपरेको भन्दै उनीहरुले असन्तुष्टि जनाउँदै आएका थिए । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा मनपरी गरेको र आफ्ना नजिकका मान्छेहरु मात्र राखेको उनीहरुको आरोप थियो । उनीहरुको असन्तुष्टिलाई सम्बोधन गर्दै एक–एकजना मान्छे राख्ने भएपछि उनीहरुले हिजो निर्वाचन आयोग पुगेर कागजातमा हस्ताक्षर गरेका हुन् ।
अब जसपा नेपालको कार्यसमितिमा रहेका डा. विजयकुमार सिंह र रामकुमार ओझालाई हटाएर दुई नेता निकटका दुईजना मान्छेलाई राख्ने भएको छ । स्रोतका अनुसार राजकिशोर यादवले आफ्नो तर्फबाट रामलाल सुतियार र अनिलकुमार झाले आफ्नो तर्फबाट सुनिल रोहितलाई कार्यसमितिमा पठाउने छन् ।
रातोपाटीसँग कुरा गर्दै जसपा नेपालका नेता राजकिशोर यादवले पार्टी एकतालाई अगाडि बढाउनका लागि आफूहरुले निर्वाचन आयोगमा पेस भएको कागजातमा हस्ताक्षर गरेको बताए । समस्या थुप्रै भए पनि एकता प्रकृयालाई अगाडि बढाउन अहिलेको आवश्यकता देखेर नै हस्ताक्षर गरेको उनले बतए । ‘कार्यसमितिमा कलस्टरहरु पनि मिलेका छैनन् । पार्टीभित्र अन्य पनि असन्तुष्ट छन् । उनीहरुको पनि माग सम्बोधन हुनुपर्छ,’ उनले भने । सबैको समस्या समाधान गर्ने काम हुने प्रतिबद्धता नेताहरुबाट आएको उनले बताए ।
तत्कालिन राजपा नेपालसँग एकीकरण गरेको दल जनमुक्ति पार्टी जनता पार्टीका नेताहरुले पनि असन्तुष्टि जनाउँदै आएका छन् । जनमुक्ति पार्टीका नेताहरुले एकीकृत जसपामा आफ्नो एकजना मान्छे नपरेको गुनासो गर्दै आएका छन् । पार्टी दर्तालाई रोक्न तत्कालिन जनमुक्ति पार्टीका नेताहरुले निर्वाचन आयोगमा उजुरी पनि हालेका छन् ।
यता, रामकुमार ओझा जनता पार्टीका नेता हुन् । उनले आफूलाई कार्यसमितिबाट हटाए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी