मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा प्रहरीद्वारा २० लाख बढी नगद र सामानसहित २ जना पक्राउ

बिहीबार, १८ असार २०७७, ०९ : ३९
बिहीबार, १८ असार २०७७

रौतहट । रौतहटमा प्रहरीले २० लाख बढीको सामान तथा नगद सहित २ जनालाई पक्राउ गरेको छ । प्रदेश २ जनकपुरबाट गएका सादापोषाकका प्रहरी र जिल्ला प्रहरी कार्यालय गौरको संयुक्त टोलीले एकजना हुण्डी कारोवारीलाई १० लाख सहित पक्राउ गरेको हो भने ८ लाख बढीको मदिरा सहीत एउटा ट्याक्टर बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा गएको संयुक्त टोलीले गौर नगरपालिका २ महादेव पटी नजिक बुधवार राति ८ बजे सोही वडाका २३ वर्षीय अभिनास जयसवाललाई १० लाख १ हजारसहित नियन्त्रणमा लिएको छ ।

महादेवपटीबाट गौर बजारतर्फ आउने क्रममा बिआर ३० क्यु २५३३ नम्बरको मोटरसाइकलमा आइरहेका जयसवालले बोकेको झोला चेकजाँच गर्दा उक्त स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी प्रदेश र जिल्लाको संयुक्त प्रहरी टोलीले ईशनाथ नगरपालिका–३ स्थित एउटा ट्याक्टरमा भारततर्फ लगिरहेको ८ लाख बढी विभिन्न मदिरासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

राजपुरबाट मठिया हुँदै ना ५ त २५५८ नम्बरको ट्याक्टरमा ८ लाख ५२ हजार बराबरको विभिन्न ब्राण्डको मदिरा भारततर्फ लगिरहेका परोहा नपा ६ का सरोज पटेललाई बुधवार साँझ संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।

बरामद सामानसहित दुवैजनालाई आवश्यक कारवाहीको लागी जिल्ला भन्सार कार्यालय गौर तथा राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइने रौतहट प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप