शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आउबामेयाङको प्रेरणामा आर्सनलको गोल वर्षा, चेल्सी स्तब्ध

बिहीबार, १८ असार २०७७, ०७ : ३८
बिहीबार, १८ असार २०७७

पिएरे एमेरिक आउबामेयाङको दुई गोलको मद्दतले आर्सनलले प्रिमियर लिगको पुछारमा रहेको नर्विच सिटीलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भएको छ । पराजयसँगै नर्विचको यो सिजन प्रिमियर लिगमा कायम रहने सम्भावना न्यून बन्दै गएको छ ।

गोलकिपर टिम क्रुलको गल्तीको फाइदा उठाउँदै खेलको ३३ औँ मिनेटमा आउबामेयाङले खेलको ३३ औँ मिनेटमा अग्रता दिलाएका थिए । यो सिजन उनको यो १८ औँ गोल थियो । लगत्तै उनले ग्रानिट जाकाका लागि गोलको अवसर सिर्जना गरे । सन् २०१९ को मार्च पछि क्लबका लागि जाकाको यो पहिलो गोल थियो ।

दोस्रो हाफमा आउबामेयाङले अर्को गोल थपे भने खेलमा डेब्यु गरेको २२९ सेकेन्डपछि सेड्रिक सोरेसले आर्सनलका चौथो गोल गरे । जीतसँगै आर्सनल लिगको सातौँ स्थानमा उक्लिएको छ । ३२ खेलबाट आर्सनलको ४६ अंक रहेको छ ।

उता, चेल्सी भने वेस्ट ह्याम युनाइटेडसँग रोमाञ्चक खेलमा पराजित भएको छ । खेलमा वेस्ट ह्याम ३–२ गोलअन्तरले विजयी भएको थियो ।

खेलको ४२ औँ मिनेटमा विलयानले पेनाल्टीमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा टोमास साउसेकले बराबरी फर्काए ।

दोस्रो हाफमा एन्टोनियोले वेस्ट ह्यामलाई खेलमा अग्रता दिलाए पनि विलायनले उत्कृष्ट फ्रिककमार्फत खेल पुनः बराबरी गरे । खेल सकिन एक मिनेट बाँकी छँदा यार्मोलेंकोले गोल गर्दै वेस्ट ह्यामलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

जीतसँगै वेस्ट ह्यामले यो सिजन रेलिगेसनबाट बच्ने सम्भावना बढेर गएको छ । उता चेल्सीले भने लिगको चौथो स्थानमा कायम रहेको छ ।

तेस्रो स्थानमा रहेको लेस्टर सिटी पनि एभर्टनसँग २–१ गोलअन्तरले पराजित भयो । योसँगै एभर्टनले अर्को सिजन युरोपा लिगमा स्थान बनाउने सम्भावना कायम राखेको छ । अन्य खेलमा न्युक्यासलले बोर्नेमाउथलाई ४–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप