मास्क नलगाएको प्रश्नमा के भन्छन् डोनल्ड ट्रम्प ?
एक दिनअघि रुसमा चुनावका बेला राष्ट्रपति भ्लादिमिर पुटिनको एउटा तस्बिर चर्चामा आयो । खबर बन्नुको एउटा कारण थियो – पुटिनले मास्क नलगाउनु ।
यसका लागि उनको आलोचना पनि भयो । कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेका बेला मास्क लगाउनु अत्यावश्यक भएको भन्दै राष्ट्रपति पुटिनले कसरी यस्तो गर्न सक्छन् भनेर थुप्रैले प्रश्न उठाए ।
उनी जुन हलमा उपस्थित थिए त्यहा सबैले मास्क लगाएका थिए तर उनले भने लगाएका थिएनन् ।
प्राविधिक रुपमा भन्ने हो भने उनले मास्कमाथि लगाइएको नियमको उल्लंघन गरेका छन् । यद्यपि, उनलाई निकै कम स्थानमा मात्रै मास्क लगाइएको देखिएको छ तर मानिसहरुलाई भेट्दा भने उनलाई गियरसहित देखिएको छ ।
यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफूले मास्क नलगाएको प्रश्नको जवाफ दिएका छन् ।
समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी राष्ट्रपतिलाई एकाध स्थानमा मात्रै मास्क लगाएको देखिएको छ ।
बुधबार मास्क नलगाएको प्रश्नको जवाफमा ट्रम्पले चाहिएको स्थानमा मास्क लगाउन आफूलाई कुनै समस्या नभएको उनले बताएका छन् ।
कोरोना भाइरस महामारीको यो समयमा मास्क लगाउनुलाई सबैभन्दा अत्यावश्यक सावधानीको रुपमा देखिएको छ । विश्व स्वास्थ्य संगठन आफैंले पनि मास्क लगाउन र सामाजिक दुरीको संक्रमणबाट सुरक्षित हुनका लागि यसलाई अपरिहार्य बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘म यदि अत्यधिक मानिसहरु भएको ठाउँमा छु भने म कुनै शंका बिना मास्क लगाउनेछु ।’
फक्स बिजनेसलाई दिएको आफ्नो एक अन्तरवार्तामा ट्रम्पले सो कुरा भनेका हुन् ।
यस्तै ट्रम्पले भनेका छन्, ‘म धेरैजसो यस्तो परिस्थितीमा हुन्नँ जहाँ मास्क लगाउन आवश्यक छ । तर आवश्यक स्थानमा म मास्क पक्कै पनि लगाउनेछु र मास्क लगाउनु राम्रो कुरा हो ।’
अमेरिका कोरोनाद्वारा संसारकै सर्वाधिक प्रभावित देश हो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार
-
कमजोर कम्पनीको महँगो सेयर मूल्य !
-
केराखेतीबाट वार्षिक १० लाख आम्दानी
-
जाडो सुरु भएसँगै बढ्यो न्यानो कपडाको व्यापार (फोटो फिचर)
-
चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण