केन्द्रीय संस्करण

मास्क नलगाएको प्रश्नमा के भन्छन् डोनल्ड ट्रम्प ?

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

एक दिनअघि रुसमा चुनावका बेला राष्ट्रपति भ्लादिमिर पुटिनको एउटा तस्बिर चर्चामा आयो । खबर बन्नुको एउटा कारण थियो – पुटिनले मास्क नलगाउनु ।

यसका लागि उनको आलोचना पनि भयो । कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेका बेला मास्क लगाउनु अत्यावश्यक भएको भन्दै राष्ट्रपति पुटिनले कसरी यस्तो गर्न सक्छन् भनेर थुप्रैले प्रश्न उठाए ।

उनी जुन हलमा उपस्थित थिए त्यहा सबैले मास्क लगाएका थिए तर उनले भने लगाएका थिएनन् ।

प्राविधिक रुपमा भन्ने हो भने उनले मास्कमाथि लगाइएको नियमको उल्लंघन गरेका छन् । यद्यपि, उनलाई निकै कम स्थानमा मात्रै मास्क लगाइएको देखिएको छ तर मानिसहरुलाई भेट्दा भने उनलाई गियरसहित देखिएको छ ।

यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफूले मास्क नलगाएको प्रश्नको जवाफ दिएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार  अमेरिकी राष्ट्रपतिलाई एकाध स्थानमा मात्रै मास्क लगाएको देखिएको छ ।

बुधबार मास्क नलगाएको प्रश्नको जवाफमा ट्रम्पले चाहिएको स्थानमा मास्क लगाउन आफूलाई कुनै समस्या नभएको उनले बताएका छन् ।

कोरोना भाइरस महामारीको यो समयमा मास्क लगाउनुलाई सबैभन्दा अत्यावश्यक सावधानीको रुपमा देखिएको छ । विश्व स्वास्थ्य संगठन आफैंले पनि मास्क लगाउन र सामाजिक दुरीको संक्रमणबाट सुरक्षित हुनका लागि यसलाई  अपरिहार्य बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘म यदि अत्यधिक मानिसहरु भएको ठाउँमा छु भने म कुनै शंका बिना मास्क लगाउनेछु ।’

फक्स बिजनेसलाई दिएको आफ्नो एक अन्तरवार्तामा ट्रम्पले सो कुरा भनेका हुन् ।

यस्तै ट्रम्पले भनेका छन्, ‘म धेरैजसो यस्तो परिस्थितीमा हुन्नँ जहाँ मास्क लगाउन आवश्यक छ । तर आवश्यक स्थानमा म मास्क पक्कै पनि लगाउनेछु र मास्क लगाउनु राम्रो कुरा हो ।’

अमेरिका कोरोनाद्वारा संसारकै सर्वाधिक प्रभावित देश हो ।

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.