मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कुन राशिका लागि बिहीबार शुभ ?

बिहीबार, १८ असार २०७७, ०६ : ११
बिहीबार, १८ असार २०७७

वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– द्वादशी,२३ घडी ३८ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–अनुराधा,५० घडी २५ पला,रातको ०१ बजेर २३ मिनेट उप्रान्त ज्येष्ठा । योग–साध्य,०९ घडी ४३ पला,बिहान ०९ बजेर ०७ मिनेट उप्रान्त शुभ । करण– बालव,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर ४२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३० पला । प्रदोषव्रतम् । तुलसीपिये । खेलकुद पत्रकार दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  कामगर्ने सवालमा आलोचनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ । तरपनि प्रविधिको प्रयोगले अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकी आज आउने फैसला तपार्ईँको पक्षमा हुनेछैन । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरि तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय खर्च हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउँन सकिनेछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । कृषि तथा खेति किसानी जस्ता काममा समय व्यातित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ । दाजुभाई तथा छिमेकीसँगको सम्वन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । पढाइ लेखाइमा प्रविधिको प्रयोग गरि राम्रो प्रगति गर्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँग सँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो संघर्ष पछीमात्र उपलव्धी हात लाग्ने समय रहेकोले काम गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा नजिक भएपनि आत्मियताको कमी महशुष हुनेछ । आफन्त तथा अग्रज हरुसँग मनमुटाव बढ्ने तथा साथी भाईले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी विच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । तरपनि कृषि क्षेत्रमा समय व्यातित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैत्रिक धन सम्पतीको प्रयोग गरि कृषि क्षेत्रमा लगानी गर्ने समय रहेकोछ । दाजुभाईबाट भने जस्तो सहयोग पाइने  हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी वढी सफलता हात पार्न सकिनेछ । आफूले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग गर्न पाउदा मन प्रफुल्लित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछी परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्वपूर्ण अवसरहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी वढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) महत्वपुर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरि पछिको लागी दैनिकी सहज बनाउन सकिनेछ ।
 
तपाईँ दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप