दलित समुदायमाथि विभेद् गर्नेलाई कारवाही हुन्छ : मन्त्री गुरुङ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ पीडितलाई राहत वितरण गर्ने काममा दलित समुदायमाथि विभेद् गर्नेमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
एशिया दलित अधिकार फोरमद्वारा आज यहाँ आयोजित ‘भर्चुअल’ बैठकमा उनले भने, “कोरोना भाइरसको महामारीबाट पीडितलाई राहत दिने, सुरक्षालगायतका सामग्रीको व्यवस्थापन गर्ने काममा विभेद् नहोस् भन्नेमा सरकार सचेत रहेको छ ।”
“कहिँकतै त्यस्तो विभेद् गरेको प्रमाणित भए तत्काल खबर गर्नुहोला, सरकारले कडा कारवाही गर्नेछ”, उनले भने ।
मन्त्री गुरुङले दलितमुक्ति आन्दोलनलाई सफल बनाउन सामाजिक अभियान नै सञ्चालन गर्नुपर्ने भन्दै दलितलाई सामाजिक, आर्थिक उत्पीडनबाट मुक्त गराउन सरकारले ‘उद्यमशीलता र उत्पादन’ को काममा सहभागी गराउने नीति तथा कार्यक्रम अघि बढाएको जानकारी दिए।
दलितहरुलाई विभेद् हुनबाट जोगाउन शिक्षा, चेतना र सोचमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
बैठकमा दलित अधिकारकर्मीहरुले कोरोना भाइरसबाट पीडित राहत वितरणमा समेत दलितमाथि विभेद् हुने गरेको गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ