हिमालय एयरलाइन्सको जुलाई २ देखी १० गतेसम्म हुने उडान तालिका सार्वजनिक, कुनकुन दिन कहाँकहाँ हुँदैछ उडान ? (तालिका सहित)
बुधबार, १७ असार २०७७, २१ : ४२
![हिमालय एयरलाइन्सको जुलाई २ देखी १० गतेसम्म हुने उडान तालिका सार्वजनिक, कुनकुन दिन कहाँकहाँ हुँदैछ उडान ? (तालिका सहित)](https://rpcdn.ratopati.com/media/albums/himalayan-airlines_3aL6aIe140.jpg)
काठमाडौं– हिमालय एयरलाइन्सले जुलाई २ देखि १० सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ ।
विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ ।
एयरलान्सको नयाँ उडान तालिका यस्तो छ
जुलाई २ मा माल्दिभ्सको माले, यूएईको आबुधाबीबाट नेपालकिो उद्धार हुनेछ । उक्त उडानमा नेपाल फर्कन चाहनेले तालिकामा तोकिएका एयरलाइनका कर्मचारीलाई सम्पर्क गर्न सक्नेछन । कुन दिन कहाँ उडान हुँदैछ, यस्तो छ हिमालय एयरलाइन्सको उडान तालिका ।