शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका स्थानीय तहमा कहाँ कति बेजेट ?

बुधबार, १७ असार २०७७, २१ : १०
बुधबार, १७ असार २०७७

गुल्मी । गुल्मी जिल्लाका १२ वटा स्थानीय तहले   आर्थिक बर्ष २०७७ , ०७८ का लागि  कुल  झण्डै साढे  ५ अर्बको बजेट ल्याएका छन् । दुई नगरपालिका र दश गाउँपालिकाले ५ अर्ब ७४ करोड २३ लाख ४५ हजार ७ सय ९० बराबरको बजेट ल्याएका हुन् । 

उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगारीसँगै कृषि, पूर्वाधार विकास, सुशासन लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर उक्त बजेट ल्याएका छन् ।


रेसुङ्गा नगरपालिकामा ५६ करोडको बजेट

सदरमुकाममा रहेको  रेसुङ्गा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमानित ५६ करोड बराबरको बजेट विनियोजन गरेको छ  ।

स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए  । 

नगर सरकारले चालु खर्चतर्फ ३६ करोड र पूँजीगत खर्चतर्फ २० करोडको बजेट सार्वजनिक गरिएको उनले बताए । नगरभित्रका १४ वटै वडामा ५० लाखभन्दा माथिको गौरवको योजना सञ्चालन गरिने प्रमुख प्रशासकिय अधिकृत मरासीनीको भनाइ छ  ।  

नगर प्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सिता भण्डारी लगायतका जनप्रतिनिधीहरुको पहलमा केन्द्र र प्रदेशमा विभिन्न विकास निर्माणमा त्यो भन्दा ठुलो रकम पार्न सफल भएका छन ।

 मुसिकोट नगरपालिकामा ६२ करोड

मुसिकोट नगरपालिकाले पनि ६२ करोड ४० लाख १० हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा कृषि, उद्यम, रोजगारी, स्वास्थ्य शिक्षा, पूर्वाधार निर्माण लगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।

चालु खर्चतर्फ ३९ करोड २ लाख ४२ हजार र पूँजीगततर्फ २३ करोड ६७ लाख ६८ हजार छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

मदाने गाउँपालिकामा ४१ करोड

मदाने गाउँपालिकाले ४१ करोड १ लाख ६४ हजार ६ सय ६० बराबरको बजेट सार्वजनिक गरेको छ । उसले कृषि, पशु, स्वास्थ्य, शिक्षा, रोजगारलाई केन्द्रमा राखेर बजेट सार्वजनिक गरेको हो ।

चालु खर्चतर्फ २५ करोड ५ लाख र पूँजीगत खर्चतर्फ १५ करोड ९६ लाख ६४ हजार ६ सय ६० बजेट छुट्टाइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

रोजगारमुलक कार्यक्रमलाई बिशेष जोड दिईएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले दावी गरे ।

  धुर्कोट गाउँपालिकामा ४९ करोड

धुर्कोट गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ४९ करोड ६० लाख १८ हजार २ सय ९१ बराबरको बजेट सार्वजनिक गरेको छ । 

कृषि, रोजगारी, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । गाउँ सरकारले चालु खर्चतर्फ ३० करोड ६२ लाख र पूँजीगततर्फ १८ करोड ९८ लाख १८ हजार २ सय ९१ बजेट छुट्टाएको  प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले बताए  ।

चन्द्रकोटमा ४५ करोड

चन्द्रकोट गाउँपालिकाले पनि ४५ करोड १ लाख ७९ हजार ९ सय ९० बराबरको बजेट ल्याएको छ । 

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा प्रवाह, रोजगार, खानेपानी, कृषि, पशु, यातयात लगायतलाई मध्यनजर गरी बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए  ।

सत्यवतीमा ४३ करोड

सत्यवती गाउँपालिकाले ४३ करोड ८७ लाख २४ हजार ६ सय २५ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले स्वास्थ्य, कृषि, पशु, शिक्षा, रोजगारलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए ।

कालिगडकीमा ४९ करोड

कालिगण्डकी गाउँपालिकाले पनि ४९ करोडको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानी, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई केन्द्रमा राखेर बजेट ल्याइएको गाउँपालिका अध्यक्ष बेदबहादुर थापा मगरले बताए ।

रुरुक्षेत्रमा ४६ करोड


रुरुक्षेत्र  गाउँपालिकाले पनि कृषि, रोजगारी, विपद् व्यवस्थापन, शिक्षा, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर ४६ करोड ८२ लाख ८३ हजार बराबरको बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए ।

गुल्मीदरवारमा ४२ करोड

 गुल्मीदरबार गाउँपालिकाले ४२ करोड २२ लाख २३ हजार ८ सय ६४ बराबरको बजेट ल्याएको छ । स्वास्थ्य, शिक्षा, कृषि, रोजगार लगायतलाई मध्यनजर गरी बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

गाउँपालिकाले चालु खर्चका लागि २६ करोड २२ लाख ३६ हजार ८ सय ६४ र पूँजीगततर्फ १५ करोड ९९ लाख ८७ हजार छुट्टाएको छ । आर्थिक वर्षका लागि छत्रकोट गाउँपालिकाको ४८ करोड ४२ लाख २३ हजार ८ सय ६० बराबरको बजेट रहेको छ । 

कृषि, स्वास्थ्य, रोजगारी, शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृृत भेषराज पन्थले बताए । उनका अनुसार चालुतर्फ २९ करोड ६१ लाख ३३ हजार ८ सय ६० र पूँजीगत तर्फ १८ करोड ८० लाख ९० हजार छुट्टाइएको छ ।

 मालिकामा ४७ ईस्मामा ४२ करोड

 मालिका गाउँपालिकाले पनि ४७ करोड ६९ लाख १७ हजार ५ सय बराबरको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।

इस्मा गाउँपालिकाले ४२ करोड १६ लाख बराबरको बजेट ल्याएको छ । कोरोना महामारीको नियन्त्रण, रोजगारी सिर्जना, कृषि, पशुपालन र उद्यम व्यवसायलाई उच्च प्राथमिकता दिई बजेट ल्याइएको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिईन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप