शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा एक पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या

बुधबार, १७ असार २०७७, १८ : २५
बुधबार, १७ असार २०७७

बुटवल । रोल्पाको गंगादेव गाउँपालिकाका एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् ।  केहि दिनअघि विदेशबाट घर आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टिनमा बसेका ३१ वर्षीय एभान नेपालीले बुधवार दिउँसो करिव १ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको  रोल्पाका प्रहरी प्रमुख डिएसपी  चित्रबहादुर गुरुङ्गले जानकारी दिए ।

उनी दुवईबाट घर आई  सार्वाजानिक क्यारेन्टाईन खाली नभएपछि असार १० गते   देखि गाउँकै १ जनाको खाली घरको क्वारेन्टिनमा बसेका थिए । सोही  घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारमा खबर गरेको डिएसपी गुरुङ्गले बताए  । सार्वजनिक क्वारेन्टिन खाली छैन भनेर उनलाई भनिएर एक्लो घरमा राखिए पनि भारतबाट आएकाहरुले उनलाई क्वारेन्टिनमा बस्न नदिएको जनाईएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप