मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर-ढल्केवर सडक खण्डमा मोटरसाईकल दुर्घटना, आमा-छोराको मृत्यु

बुधबार, १७ असार २०७७, १७ : ३१
बुधबार, १७ असार २०७७

जनकपुर । धनुषाको जनकपुर–ढल्केवर सडक खण्डमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ स्थित हरैयामा मोटरसाइकल दुर्घटनामा परि आमा र छोराको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमा र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।  मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित देवपुरा रुपैठा बस्ने ४८ वर्षीय धर्मादेवी शर्मा र उनकी २८ वर्षीय नविन शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

यता इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले मोटरसाइकलमा सवार रहेका चालक नविन आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुशन्धानबाट खुलेको जानकारी दिए । उनले दुवैजनाको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि ल्याइएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप