बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा १२ नयाँ संक्रमित थपिए, कूल संक्रमित १ हजार ६ पुगे

बुधबार, १७ असार २०७७, १६ : ०१
बुधबार, १७ असार २०७७

पोखरा । गण्डकी प्रदेशमा १२ नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा संक्रमितको कूल संख्या १ हजार ६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा ३ पुरुष, लमजुङमा ७ र लमजङमा कार्यरत बाहिरी जिल्लाका ३ जना संक्रमित थपिएका हुन् । यस्तै नवलपुरमा पनि एक नयाँ संक्रमित थपिएका छन् ।

पोखरामा थपिएका संक्रमितमध्ये तीनै जना पुरुष भएको निर्देशनालयले जनाएको छ । यस्तै, लमजुङकोे राइनाशका २७ वर्षिय पुरुष, सुन्दरबजारका ५५ वर्षिय पुरुष, दुधपोखरीका दुई पुरुष, बेशींसहरका दुई पुरुष, क्होलासोथरका १ पुरुष रहेका छन् । यसैगरि, लमजुङमै कार्यरत रहेका कोल्हवी नगरपालिका बारा घर भएका एक महिला र एक पुरुष तथा लमजुङमै कार्यरत भानु नगरपालिका तनहुँ घर भएका एक पुरुष रहेका छन् ।

यस्तै नवलपुरको गैंडाकोट नगरपालिकामा एक पुरुष संक्रमित फेला परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप