पत्रकार खड्का हत्याको छानबिन गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ ।
महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान र सत्यतथ्य छानबिन गरी पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन् । महासङ्घले पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि बेपत्ता हुनु र १५ महिनापछि कङ्गालसँगै फेला परेका सामग्री लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले छानबिन गर्न माग गरिएको उनले बताए ।
बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको २०७६ मङ्सिरमा झोलासँगै पर्स र कङ्काल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीयविधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्दा सो कङ्काल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली