शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ लाख ४१ हजार घुससहित ४ जना अख्तियारको फन्दामा

बुधबार, १७ असार २०७७, १५ : ११
बुधबार, १७ असार २०७७

काठमाडौं । २ लाख ४१ हजार १६ रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनालाई पक्राउ परेको छ । 

पक्राउ पर्नेमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव–इन्जिनियर विरेन्द्र चन्द, रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डे रहेका छन् । 

जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं ३ सानटडा खोला तटवन्धन निर्माण कार्य सम्पन्न भए पश्चात भुक्तानीमा सहजीकरण गरिदिने मल्ल र चन्दले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारको सुर्खेत कार्यालयमा परेको थियो । 

सोही आधारमा खटिएको टोलीले मल्ललाई कार्यालय परिसरबाट र चन्दलाई फिल्डबाटै नियन्त्रणमा लिएर खानतलासी गर्दा मल्लको आवासबाट दुई लाख ४१ हजार सोह्र रुपैयाँ बरामद भएको अख्तियार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । 

उनीहरुसँगै घुस माग्ने कार्यमा संलग्नता देखिएकाले  श्रेष्ठ र पाण्डे समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कोइरालाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप