शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा झण्डै ६ लाख कोरोना सङ्क्रमित

बुधबार, १७ असार २०७७, १४ : ५८
बुधबार, १७ असार २०७७

नयाँदिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ ।  सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४९३ जना सङ्क्रमित भएका छन् ।  तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।  कुल सङ्क्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ४०० जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो ।  प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल सङ्क्रमितको संख्या एक लाख ७४ हजार ७६१ पुगेको छ । त्यसैगरी तमिलनाडुमा ९० हजार १६७ जना सङ्क्रमित भएका छन् । 

अधिकारीहरुका अनुसार तमिलनाडुमा एक हजार २०१ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३६० जना सङ्क्रमित भएका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप