घरायसी विवादमा बुवाद्वारा छोरामाथि खुकुरी प्रहार
बुधबार, १७ असार २०७७, १४ : ३१
दाङमा आफ्नै बुवाको खुकुरी प्रहारबाट छोरा घाइते भएका छन् । जिल्लाको दंगिशरण गाउँपालिका ५ नौबस्ताका ४६ वर्षीय खुशिराम चौधरीले खुकुरी प्रहार गर्दा २७ बर्षिय छोरा श्रीप्रसाद चौधरी घाइते बताएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार सामान्य घरायसी झगडा हुँदा आफ्नै छोरालाई बाबुले खुकुरी प्रहार गरेका हुन् । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार छोरा श्रीप्रसादको बाँया हातमा गहिरो चोट लागेको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने खुकुरी प्रहार गर्ने बाबुलाई नियनत्रणमा लिई आबश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी आउने
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने