समस्यामा परेका नेपालीलाई स्वदेश फर्किन एनआरएनए मलेसियाले सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले बिरामी परी समस्या परेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्ने भएको छ ।
पहिलो र दोस्रो चरणमा खाद्यान्न समस्यामा रहेका नेपालीलाई मलेसियाभर खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरेको एनआरएनए मलेसियाले पछिल्लो समय चार्टर फ्लाइट सुचारु भए पश्चात समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्न लागेको हो ।
स्वदेश फर्कने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका र आर्थिक अवस्थामा कमजोर भएका तथा विभिन्न कारणले बिरामी, अशक्त तथा अपाङ्ग भएकालाई एनआरएनए मलेसियाले स्वदेश फिर्ता हुने हवाई टिकटका साथै अन्य आवश्यक सहयोग गर्ने एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए ।
'मलेसियाको विभिन्न अस्पातलमा दर्जनौँ बिमारीहरु छन्, उनीहरुको आवाज कस्ले सुन्ने ? टिकट काट्न पैसा छैन’, उनले भने, ‘कोरोन आउनु अघिनै हवाई टिकट काटेर कुरेर बसेका पीडित श्रमिकलाई एयरलाइन्सहरुले लगेको छैनन् । हाल बढी पैसा तिर्न सक्ने मात्र नेपाल गएका छन् । अरु पीडित र बिमारीहरु समस्यामा छन् ।’
उनले मंगलबार जोहोरबारुमा हल्दिबारी ३ झापा घर एक बिमारी अशोक पौडेलको मृत्यु हुन पुगेको भट्टराईले जानकारी दिए ।
उनले छिट्टै राजदूतावाससँगको समन्वयमा हस्पिटलमा बिरामी परी खर्च अभाव झेलिरहेकाकाे उद्धार तथा विविध कारणले मृत्यु भएका नेपालीको शव दाहसंस्कारको लागि फिर्ता गराउन समेत एनआरएनए मलेसियाले सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ