केन्द्रीय संस्करण

समस्यामा परेका नेपालीलाई स्वदेश फर्किन एनआरएनए मलेसियाले सहयोग गर्ने

person explore access_timeअसार १७, २०७७ chat_bubble_outline0

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले बिरामी परी समस्या परेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्ने भएको छ ।

पहिलो र दोस्रो चरणमा खाद्यान्न समस्यामा रहेका नेपालीलाई मलेसियाभर खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरेको एनआरएनए मलेसियाले पछिल्लो समय चार्टर फ्लाइट  सुचारु भए पश्चात समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्न लागेको हो ।  

स्वदेश फर्कने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका र आर्थिक अवस्थामा कमजोर भएका तथा विभिन्न कारणले बिरामी, अशक्त तथा अपाङ्ग भएकालाई एनआरएनए मलेसियाले स्वदेश फिर्ता हुने हवाई टिकटका साथै अन्य आवश्यक सहयोग गर्ने एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए । 

'मलेसियाको विभिन्न अस्पातलमा  दर्जनौँ बिमारीहरु छन्, उनीहरुको आवाज कस्ले सुन्ने ? टिकट काट्न पैसा छैन’, उनले भने, ‘कोरोन आउनु अघिनै हवाई टिकट काटेर  कुरेर बसेका  पीडित श्रमिकलाई एयरलाइन्सहरुले लगेको छैनन् ।  हाल बढी पैसा तिर्न सक्ने मात्र नेपाल गएका छन् । अरु पीडित र बिमारीहरु समस्यामा छन् ।’

उनले मंगलबार जोहोरबारुमा हल्दिबारी ३ झापा घर एक बिमारी अशोक पौडेलको मृत्‍यु हुन पुगेको भट्टराईले जानकारी दिए । 

उनले छिट्टै राजदूतावाससँगको समन्वयमा हस्पिटलमा बिरामी परी खर्च अभाव झेलिरहेकाकाे उद्धार तथा विविध कारणले मृत्यु भएका नेपालीको शव दाहसंस्कारको लागि फिर्ता गराउन समेत एनआरएनए मलेसियाले सहयोग गर्ने बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.