शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लामा र गिरी क्यान सदस्यमा सिफारिस

बुधबार, १७ असार २०७७, १३ : ०४
बुधबार, १७ असार २०७७

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषद्बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरुप लामा र गिरीलाई राखेपले सिफारिस गरेको हो ।  

लामा र गिरीको मनोनयनसँगै क्यान कार्यसमितिले नौ महिनापछि पूर्णता पाएको छ । दुवै जनालाई राखेपले मङ्गलबार आधिकारिक पत्र प्रदान गरेको छ । लामाले आफूले लामो समयसम्म दिएको योगदानको राखेपले कदर गरेको बताए । उनले क्रिकेट विकासमा आफू लागिपर्ने उल्लेख गरे । लामासित क्यानका पूर्वअध्यक्ष टङ्क आङबुहाङको टोलीमा रहेर काम गरेको अनुभव छ । उनले यसअघि क्यानमा चिफ अपरेटिङ अफिसरका रूपमा काम गरिसकेका छन् । लामा पोखरा प्रिमियर लिग (पिपीएल)को आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशकसमेत रहेका छन् ।

यस्तै अर्का मनोनित सदस्य गिरी मदन मण्डारी स्पोर्ट्स फाउण्डेशनको क्रिकेट विभागका उपाध्यक्ष हुन् । राखेपले यही असार १० गतेको सदस्यसचिवस्तरीय निर्णयबाट लामा र गिरीलाई क्यान कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप