ट्याक्सी चालकको आन्दोलन : भन्छन्, ‘हामीले २४ अर्ब कर तिर्यौँ, अब १ अर्बको हाम्रो किस्ता तिरिदेऊ’
कोरोना भाइरसको कारण देखाउँदै लामो समयदेखि सार्वजनिक सवारीसाधन चल्न नपाउँदा दैनिक कमाई गरेर खाने सार्वजनिक सवारी मजदुरहरु मारमा परेका छन् । सरकारले ट्याक्सी सञ्चालनमा समेत रोक लगाएपछि आफै ट्याक्सी किनेर चलाएका स्वरोजगार मजदुर र ट्याक्सीका मालिकसमेत मारमा परेका छन् ।
लगातार ३ महिनाभन्दा लामो समय लकडाउन भएपछि पनि ट्याक्सी चलाउन नपाएको भन्दै बुधबार ट्याक्सी चालकहरुले यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् । ट्याक्सी चालक र मालिकहरुले आफ्ना ट्याक्सी विभाग अगाडि राखेर त्यहीँ सडक किनारामा खाना पकाएर खाएका छन् ।
ट्याक्सी सञ्चालनमा आउन नसक्दा खान पनि नपाउने स्थिति आएको र परिवार समेत भोकै बस्नु पर्ने अवस्था आएको भन्दै वैकल्पिक व्यवस्थ गरिदिन उनीहरुले सरकारसँग माग गरेका छन् । ट्याक्सी मालिक तथा मजदुरहरुले आफूहरुले २४ अर्ब कर तिरेको भन्दै ३ महिनाको किस्ता तिरिदिन पनि सरकारसँग आग्रह गरेका छन् ।
ट्याक्सी चालक तथा स्वरोजगार ट्याक्सी मालिकको प्ले कार्डमा लेखिएको छ, ‘२४ अर्ब ८२ करोड १० लाख ७९ हजार १ सय रुपैयाँ हामीले तिरेको कर । १ अर्ब ४५ करोड २० लाख तीन महिनाको किस्ता ! सरकार तिर्ने काम गर ।’
लकडाउनको कारण बाँच्नै सक्ने अवस्था नरहेको र घरमा पकाएर खानेकुरासमेत नभएकोतर्फ संकेत गर्दै ट्याक्सी चालकहरुले बुधबार सडक किनारामै खाना र सोयाबिनको पिना (मस्यौरा)मा झोल हालेर खाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी