आईजीपीले नयाँ भवन उद्घाटन गर्दैगर्दा ललितपुर परिसरको हिरासतभित्र थुनुवाले गरे आत्महत्या
काठमाडौँ । बुधबार महानगरीय प्रहरी परिसर, ललितपुर जावालाखेलको हिरासत कक्षमा एक जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा २४ वर्षीय दुर्गेश यादव रहेका छन् ।
बलात्कारको मुद्दामा यही असार १४ गते ग्वार्कोबाट पक्राउ परेका यादवले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जबकी यादवले आत्महत्या गरेको बेला ललितपुर परिसरको ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको थियो । जहाँ कार्यक्रमको प्रमुख अतिथि थिए, प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली ।
४ तल्ले भवनको उद्घाटन गरेर आईजीपी ज्ञवालीले मन्तव्य राखिरहँदा यादवले हिरासत कक्षमा झुण्डिएर आत्महत्या गरेको ललितपुर परिसरका एसएसपी टेक राईले बताए । यादवलाई छुट्टै कोठामा एक्लै राखिएको थियो ।
कार्यक्रममा आईजीपी ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, ललितपुरका सिडिओ नारायण भट्ट, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरुलगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण