आईजीपीले नयाँ भवन उद्घाटन गर्दैगर्दा ललितपुर परिसरको हिरासतभित्र थुनुवाले गरे आत्महत्या

काठमाडौँ । बुधबार महानगरीय प्रहरी परिसर, ललितपुर जावालाखेलको हिरासत कक्षमा एक जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा २४ वर्षीय दुर्गेश यादव रहेका छन् ।
बलात्कारको मुद्दामा यही असार १४ गते ग्वार्कोबाट पक्राउ परेका यादवले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जबकी यादवले आत्महत्या गरेको बेला ललितपुर परिसरको ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको थियो । जहाँ कार्यक्रमको प्रमुख अतिथि थिए, प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवाली ।
४ तल्ले भवनको उद्घाटन गरेर आईजीपी ज्ञवालीले मन्तव्य राखिरहँदा यादवले हिरासत कक्षमा झुण्डिएर आत्महत्या गरेको ललितपुर परिसरका एसएसपी टेक राईले बताए । यादवलाई छुट्टै कोठामा एक्लै राखिएको थियो ।
कार्यक्रममा आईजीपी ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, ललितपुरका सिडिओ नारायण भट्ट, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरुलगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा