शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सांसद छन्त्यालको निधन

बुधबार, १७ असार २०७७, ११ : ३४
बुधबार, १७ असार २०७७

काठमाडौं । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा छन्त्यालको निधन भएको काँग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् । 

उनी यतिबेला संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्यसमेत थिइन् । २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी छन्त्याल काँग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।  उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।

बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो काम गर्दै आएकी थिइन् । छन्त्याल नेपाल महिला संघ बागलुङको पूर्व जिल्ला उपसभापतिको समेत थिइन् । 

उनी काँग्रेस महाधिवेशन प्रतिनिधि पनि थिइन् । बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप