बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओलीसँगको परामर्शपछि योगेशले भने, ‘सकारात्मक आशा गरौँ, प्रेक्सी वार बन्द गरौ’

बुधबार, १७ असार २०७७, ११ : ०५
बुधबार, १७ असार २०७७

काठमाडौं । पार्टीभित्रको आन्तरिक संकट चुलिदै गएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले परामर्श तीव्र पारेका छन् । बुधबार बिहान आफु निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुसँग परामर्शपछि मन्त्री योगेश भट्टराईले बाँकी नेताहरुसँग पनि प्रम ओलीले परामर्श गर्ने बताएको जानकारी दिए ।

भट्टराईसहित केही मन्त्री र स्थायी समिति सदस्यलाई ओलीले बालुवाटार बोलाएका थिए । परामर्श सकिएलगत्तै मन्त्री भट्टराइले  अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाएको र बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताएको आफ्नो फेसबुक पेजमा लेखेका छन् । उक्त परामर्श सकारात्मक रहेको समेत भट्टराईको भनाइ छ ।

‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ’, भट्टराईले ओलीलाई दिएको सुझावबारे जानकारी दिएका छन् । उनले भनेका छन् ‘चिज साकारात्मक दिशामा जाने आशा गराँ । प्रोक्सी वार बन्द गरौँ ।’

स्रोतका अनुसार बुधबार बिहानको परामर्शमा सहभागीहरुले ओलीलाई पार्टी निर्णय मान्न सुझाव दिएका थिए । त्यसक्रममा पार्टी एकतालाई मजबुत बनाउदै प्रभावकारी सरकार सञ्चालन र पार्टी सञ्चालनमा हालका केही मन्त्रीहरुले राजीनामा दिएरसमेत सहज बनाइदिन सुझाव थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप