शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राइटनलाई हराउँदै युनाइटेड लिगको पाँचौ स्थानमा

बुधबार, १७ असार २०७७, ०७ : ३५
बुधबार, १७ असार २०७७

ब्राइटनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ । मंगलबार भएको खेल ३–० को जीत हासिल गर्दै युनाइटेडले च्याम्पियन्स लिगमा छनौट हुने आशालाई बलियो बनाएको हो ।

ओले गनर सोल्कसायरको टोलीले खेलमा पूर्ण दबाब कायम गर्दै आफ्नो अपराजित यात्रालाई १५ खेल पुर्याएको छ । चौथो स्थानमा रहेको चेल्सीभन्दा युनाइटेड २ अंकले पछि रहेको छ ।

युवा खेलाडी मेसन ग्रिनवुडले युनाइेडलाई अग्रता दिलाएका थिए । गोल अगाडि निकै आक्रामक देखिएको युनाइटेडका लागि प्लेमेकर ब्रुनो फर्नान्डेजले दोस्रो गोल गरे । दोस्रो हाफमा उनले अर्को गोल थप्दै युनाइटेडको जीत सुनिश्चित गरे ।

दोस्रो हाफमा ब्राइटनले पनि युनाइटेडको पोष्टमा आक्रमण गरे पनि गोलकिपर डेभिड डि गेयाले एरोन कोनोलीको प्रयासलाई विफल तुल्याएका थिए । ग्राहम पोटरको टोली लिगको १५ औँ स्थानमा रहेको छ ।

लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्दा २० पटकको च्याम्पियन युनाइटेड भने सात वर्ष उपाधिविहीन रहेको छ । सोल्कसायरको नेतृत्वमा भने युनाइटेड बिस्तारै आफ्नो लयमा फर्कन थालेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप