युभेन्टसको जीतमा रोनाल्डोको उत्कृष्ट गोल

क्रिस्टियानो रोनाल्डोले लामो दुरीबाट उत्कृष्ट गोल गर्दा साबिक विजेता युभेन्टसले जेनोआलाई ३–१ गोलअन्तरले हराउँदै इटालियन सिरिए ए को शीर्ष स्थानमा चार अंकको अग्रता कायम गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोसो हाफ सुरु भएको पाँचौ मिनेटमा पाउलो डिबालाले एक्लो प्रयासमा गोल गर्दै युभेलाई अग्रता दिलाए । त्यसपछि रोनाल्डोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
यो सिजन उनको यो २४ औँ गोल थियो । सन् १९६०–६१ मा ओमार सिभोरीपछि सिजनमा २५ गोल गर्ने दोस्रो खेलाडी बन्न रोनाल्डो मात्र एक गोलले टाढा रहेका छन् ।
डगलग कोस्टाले युभेन्टसलाई तीन गोलको अग्रता दिलाए । तर, लगत्तै आन्द्रेया पिनामोन्टीले गोल फर्काए । उनको गोल सान्वना गोल मात्र बन्यो ।
युभेन्टसको ७२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको लाजियोभन्दा ४ अंकले अघि रहेको छ । मंगलबार नै लाजियो टोरिनोलाई २–० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा
-
राजावादीलाई प्रधानमन्त्रीको कटाक्ष : कुन तानाशाह ल्याउन खोजेको ?
-
युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु