शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध

मङ्गलबार, १६ असार २०७७, २३ : ५१
मङ्गलबार, १६ असार २०७७

एजेन्सी । भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएलगत्तै चीनले पनि भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएको छ । चीनले भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको हो । तर भारतले एप्समाथि प्रतिबन्ध लगाएपनि चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध लगाएको छैन । चिनियाँ सरकारले  भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएपछि कयौं मानिसहरु भारतीय समाचारपत्र र वेभासाइट पढ्नबाट बञ्चित भएका छन् । त्यस्तै चीनमा केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि बन्द गरिएको जनाइएको छ ।

त्यहाँ भारतीय टिभी च्यानलहरु इन्टरनेट प्रोटोकल (आईपी) टिभी अर्थात इन्टरनेटमार्फत हेर्न सकिन्थ्यो । त्यस्तै चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ । भीपीएन एक शक्तिशाली उपकरण हो, जसले प्रयोगकर्ताहरुलाई सरकारी इन्टरनेट जडानका साथै निजी नेटवर्कहरु निर्माण गर्ने अनुमति दिन्छ । यसमा प्रयोगकर्ताको गोपनियता र पहिचान समेत लुकाइएको हुन्छ । भीपीएन प्रविधिले आइपी ठेगाना लुकाइदिने सामथ्र्य राख्दछ, ताकि प्रयोगकर्ताको अनलाइन कार्य पत्ता नलागोस् । तर चीनले यसलाई समेत ब्लक गरिदिन सक्ने प्रविधि निर्माण गरेको छ । 

यद्यपि, भारतीय सञ्चारमाध्यामहरुले भने चीनका ५९ वटा एप्सहरु प्रतिबन्धित हुनुअघि नै चीनले भारतीय समाचारपत्र र वेभसाइटहरुमाथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । श्रोतः दैनिक जागरण हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप