शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

मङ्गलबार, १६ असार २०७७, २३ : १९
मङ्गलबार, १६ असार २०७७

एजेन्सी । मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छिन् ।

पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) लाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, ‘मेजर जनरल निगार जोहरलाई लेफ्टिनेन्ट जनरलका रूपमा पदोन्नती गरिएको  छ ।’ उनी पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार जोहरलाई पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा पनि इतिहास बनाएका छन् । 

जोहर पाकिस्तानको ख्यवरपाख्तुङ्ख्या राज्य स्वावी जिल्ला, पञ्जपीरका स्थायी वासिन्दा भएको आइएसपीआरले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ । उनी मेजर जनरलमा सन् २०१७ मा पदोन्नती हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बनेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप