शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२ लाख ५९ हजार नगदसहित ७ जुवाडे पक्राउ

मङ्गलबार, १६ असार २०७७, २३ : ०३
मङ्गलबार, १६ असार २०७७

कैलाली । कैलालीमा ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको लम्कीबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ५९ हजार ७ सय रुपैयाँसहित मंगलबार ७ जुवाडेलाई पक्राउ गरेको हो । पकाउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका ४ बस्ने ४३ वर्षीय दिपक भण्डारी, वर्ष २८ का प्रकाश शाही, ३२ का प्रजिन राई, ३४ का कृष्ण बिष्ट, ४० का नवल बुढा, ३९ का नरबहादुर शाही र टिकापुर नगरपालिका १ बस्ने वर्ष ३० का प्रकाश खड्का रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटी लाई जानकारी दिए ।  

लम्की चुहा नगरपालिका ६ को  चोरीपुर खोलाको किनारमा रहेको पुरानो कुखुरा खोरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए । पकाउ परेका ब्यतिmबाट २ लाख ५९ हजार ७ रुपैयाँ र तास ३ थान कम्मल २  मोवाईल ८ थान बरामद गरि थप अनुसन्धान भइरहेको उपरीक्षक विष्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप