शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कङ्काल सञ्चारकर्मी तेजुको भएको पुष्टि

मङ्गलबार, १६ असार २०७७, २२ : ५१
मङ्गलबार, १६ असार २०७७

बाजुरा । बूढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कङ्काल दुई वर्ष अगाडि बेपत्ता भएका सञ्चारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ । विसं २०७६ मङ्सिरमा कङ्काल भेटिएकामा परीक्षणपछि खड्काको भएको पुष्टि भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको कङ्काल परीक्षणपछि खड्काकै पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।  बुढीनन्दा तीर्थयात्रामा गएका खड्का घर फर्किने क्रममा बीच बाटाबाटै बेपत्ता भएका थिए । बेपत्ता खड्काको खोजी गर्ने क्रममा एक वर्षपछि दुई  करङ, झोला र परिचयपत्र भेटिएको थियो । 

डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखा घर भएका खड्काले बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दामा बजार व्यवस्थापकका रुपमा काम गर्दै आएका थिए ।  खड्का २०७५ भदौ ९ गते बूढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बेपत्ता भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप