बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ईयुले हटायो १४ देशमाथिको प्रतिबन्ध, अमेरिकामाथि कायमै

मङ्गलबार, १६ असार २०७७, २१ : २३
मङ्गलबार, १६ असार २०७७

एजेन्सी । युरोपेली युनियन (ईयु) ले १४ वटा देशका नागरिकमाथिको भ्रमण प्रतिबन्ध हटाएको छ । तर, अमेरिका, ब्राजिल र चीनको नाम यसमा समावेश छैन ।  अहिलेको अवस्थामा (१ जुलाईदेखि लागू) अल्जेरिया, अस्ट्रेलिया, क्यानेडा, जर्जिया, जापान, मोन्टेनेग्रो, मोरक्को, न्युजिल्यान्ड, रुवान्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्यान्ड, ट्युनिसिया र उरुग्वेका नागरिकले युरोपेली युनियनअन्तर्गतका देशमा भ्रमण गर्न पाउनेछन् । यी देशहरुलाई कोरोनाबाट सुरक्षित देश मान्दै भ्रमणमा छुट दिइएको हो । 

त्यस्तै,बेलायती नागरिकहरुमाथि ब्रेक्जिट संक्रमणकालको अन्त्य नभएसम्म अर्थात्  ३१ डिसेम्बरसम्मको अवधिमा अन्य युरोपेली सरहकै व्यवहार गरिने पनि युरोपेली युनियन (ईयु) कमिसनले जनाएको छ ।  एक कुटनीतिज्ञकाअनुसार चीन सरकारले युरोपेली देशका नागरिकमाथिको भ्रमण प्रतिबन्ध हटाएमा चिनियाँहरुमाथिको प्रतिबन्ध पनि हट्नसक्छ । 

यसअघि कोरोनाका कारण लगाइएको युरोपेली देशहरुबीचको अन्तर–भ्रमण प्रतिबन्ध पनि धेरैजसो सिमानामा हटिसकेको छ । युरोपेली युनियनअन्तर्गत २६ सदस्यीय सेन्जेन जोनका देशले सामान्यत ईयुका नागरिकलाई पासपोर्ट बिना नै सीमा आर–पार गर्न दिन्छन्, तर कोरोना संकटको समय अधिकारीहरुले कडाई गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप