शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नहरमा डुबेको अवस्थामा सशस्त्र प्रहरी जवान मृत फेला

मङ्गलबार, १६ असार २०७७, २० : २०
मङ्गलबार, १६ असार २०७७

काठमाडौँ । सिरहा नगरपालिका–१४ खिरौनास्थित रहेको नहरमा सशस्त्र प्रहरी बल, नेपालका एक जवान मृत अवस्थामा फेला परेका छन् । 

सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत २३ वर्षीय सशस्त्र प्रहरी जवान मनोहर कुमार यादव नहरमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी विनोद घिमिरेका अनुसार घटना शंकास्पद देखिएको छ । ‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने । 

यादवको शव लहानस्थित सरकारी अस्पतालमा पोष्टमार्टमको लागि पठाइएको र रिपोर्ट आएपछि मात्रै घटनाबारे भन्न सकिने डीएसपी घिमिरेको भनाइ छ । 

महोत्तरी सोनबा गाउँपालिका–३ का यादवले सशस्त्र प्रहरीमा जागिर आएको २ वर्ष पूरा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप