विगत २४ घण्टामा कहाँ–कहाँका कोरोना संक्रमित डिस्चार्ज भए ?
विगत २४ घण्टामा ६० जना कोभिड–१९ (कोरोनाभाइरस) संक्रमणमुक्त भएका छन् । तीमध्ये नौ महिला र ५१ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार १९४ पुगेको छन् । तीमध्ये महिला २७७ र पुरुष दुई हजार ९१७ रहेका छन् ।
आज डिस्चार्ज हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक पुरुष, आइसोलेसन सेन्टर कोहलपुर बाँकेबाट एक पुरुष, अल्पाइन नर्सिङ सर्लाहीबाट १५ पुरुष, साईकृष्ण आइसोलेसन सप्तरीबाट १५ पुरुष, गण्डक अस्पताल पर्साबाट दुई पुरुष रहेका छन् ।
यस्तै जलेश्वर अस्पताल महोत्तरीबाट चार पुरुष, कोशी अस्पतालबाट चार पुरुष दुई महिला, मोरङ जिल्ला अस्पतालबाट तीन महिला र दुई पुरुष, पाँचथरबाट एक महिला तथा सुनसरीबाट एक महिला एक पुरुष र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन