बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरका दुई वडामा होल्डिङ सेन्टर

मङ्गलबार, १६ असार २०७७, १९ : २९
मङ्गलबार, १६ असार २०७७

ललितपुर महानगरपालिकाले वडा नं ४ बागडोल र ५ जावलाखेलमा एक–एक गरी दुईवटा होल्डिन सेन्टरको व्यवस्था गरेको छ । विदेशबाट फर्कने नेपालीलाई राख्न महानगरपालिकाले सो योजना अघि बढाएको हो । 

महानगरपालिकाले यही असार १४ गतेबाट वडा नं ४ बागडोलमा रहेको ज्यापू समाजको बृद्धाश्रममा होल्डिङ सेन्टर राख्ने व्यवस्था गरिसकेको छ । सो भवनको क्षमता ११० श्ययाको भए पनि हाललाई महानगरपालिकाले २६ श्यया मात्र प्रयोगमा ल्याउने व्यवस्था गरेको प्रमुख चिरिबाबु महर्जनले बताए । 

महानगरपालिकाले यसअघि जावलाखेलको स्टाफ कलेजमा होल्डिङ सेन्टरको व्यवस्था गरिरहेको महर्जनले जानकारी गराए । 

महानगरपालिकाले गत वैशाख २२ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भवन खेलाडी होस्टेलमा क्वारेन्टिनको व्यवस्था गरिरहेको छ । सो क्वारेन्टिनमा विदेशबाट फर्किएका हाल २३ जनाले सेवा लिइरहेका छन्। पाटन अस्पतालमा कोभिड–१९ को शङ्कामा उपचार गराउन आएका बिरामीको कुरुवा र आफन्त गरी १६५ जनाले सेवा लिइसकेको महर्जनले जानकारी गराए । 

यसैगरी वडा नं २६ सुनाकोठीस्थित पोषण पुनःस्थापना गृहको दुई वटा भवनमा महानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । महानगरपालिकाले महिलाका सुरक्षालाई विशेष ध्यानमा राखीे छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो । 

सत्ताइस श्ययाको क्षमता रहेको क्वारेन्टिनमा हाल नौ जना महिलाले सेवा लिइरहेका महर्जनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप