को हुन् एमाले पार्टी दर्ता गराउने सन्ध्या तिवारी ?
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबारको स्थायी समिति बैठकको नियमित एजेण्डा थियो– सीमा समस्या र समाधान ।
त्यसपछि अर्को विषय थियो कोभिड–१९ रोकथाम तथा नियन्त्रण । तर पूर्व निर्धारित उक्त एजेण्डा नै ओझेलमा पार्ने अरु दुई एजेण्डा थपिए, मंगलबारको बैठकमा । फरक एजेण्डा थपिनुमा विगत दुई दिनयताका केही घटनाक्रमहरु जोडिएका छन् ।
जस्तोकी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले असार १४ गते आफूलाई हटाउन भारत सरकार, नेपालस्थित भारतीय दुतावास र आफ्नै पार्टीका नेताहरु नै लागिपरेको बताउनु । त्यसको भोलिपल्ट अर्थात सोमबार फेरि अर्को घटनाक्रम विकास भयो । त्यो थियो–निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन पर्नु ।
सोही विषयबारे जानकार नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीसँग यथार्थ बुझ्ने प्रयास गर्दै नियमित एजेण्डाबाहेक ती दुई विषयमा प्रधानमन्त्री ओलीसँग जवाफ माग गरे ।
यसरी जवाफ माग्नेहरुमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल लगायत मंगलबार बोल्ने १८ जना थिए । यसक्रममा नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओली असफल भैसकेकाले राजीनामा माग गरे ।
को हुन् एमाले दर्ता गर्न जाने सन्ध्या ?
बैठकमा नेताहरुले नेकपा एमाले नामक पार्टी दर्ताका लागि निवेदन कसले दियो ? यसमा पार्टीका नेता कार्यकर्ताको सहभागिता छ छैन भनेर प्रधानमन्त्री ओलीलेलाई प्रश्न गरे । तर ओलीले त्यसबारे आफूलाई थाहा नभएको जवाफ दिएका थिए ।
तर ओलीको जवाफमा नेताहरुले विश्वास गर्न सकेनन । उनीहरुले पार्टी दर्ता गर्न जाने व्यक्ति ओलीकै निकटको हुनुपर्ने र झापाकै हो कि भन्ने अनुमान लगाए । तर बुझ्दै जाँदा सन्ध्या तिवारी नामकी महिला झापाकी नभएर उनको ठेगाना विराटनगर रहेको खुलेको छ ।
उनी अध्यक्ष रहेको उक्त पार्टीका महासचिव जनकपुरका मनिष (थर खुलाइएको छैन) रहेका छन् । ‘सन्ध्यासहित २१ जना पार्टी दर्ताका लागि निवेदन दिन सोमबार साँझ कार्यलय आउनु भएको थियो’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


