बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब दराजमा इसेवामार्फत पनि भुक्तानी गर्न मिल्ने

मङ्गलबार, १६ असार २०७७, १७ : २३
मङ्गलबार, १६ असार २०७७

काठमाडौं– नेपालको अग्रणी अनलाइन बजार दराजले डिजिटल वालेट इसेवासँग सहकार्य सुरु गरेको छ। यो साझेदारीको साथ प्रयोगकर्ताहरूले सजीलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवामार्फत भुक्तानी गर्न सक्दछन्। 

यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउनेछ।  यसले चेक आउट प्रक्रियाको समय घटाउनेछ, डिजिटल सुरक्षा अझै बलियो बनाउने छ र प्रयोगकर्ताहरुलाई सामाजिक दुरी कायम गर्न पनि सहयोग पुर्याउनेछ।  

दराजमा इसेवा वालेट प्रयोग गर्न ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिङ्क गर्नु पर्नेछ। लिङ्क भइसकेपछि ग्राहकहरूले ओटीपीमार्फत किनमेल गर्न सकिन्छ। इसेवा वालेटमार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुनेछ ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने, ‘इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो र दराज एपमा इसेवा वालेटको स्थापना गरेर हाम्रो प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकोमा हामी निकै उत्साहित छौं।  हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज शपिंग अनुभवमा दिन सक्ने कुरामा विश्वस्त छौं।’

नेपालको सबै भन्दा ठूलो अनलाइन बजार दराजमा ४००० भन्दा बढी विक्रेताहरूले किराना देखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन्। दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरू सहित नेपालका २४ भन्दा बढी शहरहरूमा वितरण गर्दछ।

विभिन्न उत्पादन र राष्ट्रव्यापी डेलिभरीका कारण धेरैले अनलाइन शपिङका लागि दराज लोकप्रिय बन्दै गएको छ । साथै अब ईसेवा मार्फत पनि भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरूलाई महामारीको बेलामा नगद चलाउनु पर्ने अवश्यकता पनि पर्दैन। 

मानिसहरु सक्रमणको खतराले बाहिर निस्कन नसकेपनि घरै बसी आफुलाई चाहिने हरेक अवश्यक्ताहरु अनलाइन भुक्तानी र ई–कमर्समार्फत खरिद गर्न सक्दछन। त्यसकारण हालका वर्षहरुमा नेपालमा लोकप्रीय हुदैँ गएको अनलाइन भुक्तानी र ई–कमर्स अहिले अवश्यकता नै बन्न पुगेका छन्।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप