सलहको जोखिम टरेको छैन, सतर्क रहन सरकारको आग्रह

काठमाडौं–सलहले ठाउँ परिवर्तन गरिरहेका हुनाले जोखिमलाई मध्यनजर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तीनदिनको मौसमको पूर्वानुमान पूर्व र दक्षिणतर्फ हावाको बहाव हुने भएकाले सलहप्रति सचेत रहन आग्रह गरिएको हो ।
सलहको झुण्ड हावाको वहावसँगै स्थानान्तरण गर्ने भएकाले मध्य र पश्चिम नेपालका तराई तथा अन्य जिल्लाहरुमा स्थानान्तरण गर्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
आज पनि देशभरी पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने सम्भावना छ । र, केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । यस्तै अवस्था बिहीवारसम्म रहने भएकाले सतर्क रहन सर्वसाधारणलाई केन्द्रले आग्रह गरेको छ ।
शनिवार भित्रिएको सहल आजसम्म २६ वटा जिल्लामा फैलिसकेको छ । एक ठाउँमा स्थिर भएर नबसेको कारण कति जिल्ला र कहाँ कहाँ पुग्न सक्छ त्यसै अनुमान गर्न नसकिने केन्द्रका रामकृष्ण सुवेदीले बताए ।
हावाको चाप जता जता जान्छ उतै उतै जाने भएका हुनाले दुई तीन अझै फैलिन सक्ने सम्भावना रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
एउटै सामुदायिक विद्यालयमा एकै परिवारका चार जनाको हालीमुहाली
-
मार्चदेखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा अमेरिकामा कर लाग्ने