बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेः मन्त्री त्रिपाठी

मङ्गलबार, १६ असार २०७७, १६ : ५९
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले असाधारण भूमिका निर्वाह गरेको बताएका छन् । 

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा उपस्थित भएका मन्त्री त्रिपाठीले क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहले असाधारण प्रकृतिको काम गरेको बताए । 

 स्थानीय तहलाई संविधानले दिएको असाधारण प्रकृतिको अधिकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रयोग भएको बताए । उनले भारतीय सीमासँग जोडिएका स्थानीय तहको भूमिका अझ बढी देखिएको बताए । 

सबैभन्दा पहिला सिमामा रहेका स्थानीय तहमा मानिसहरु आउने भएकाले उनीहरुले गरेको व्यवस्थापन कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण भएको मन्त्री त्रिपाठीले बताए । 

 स्थानीय तहले बनाएका क्वारेन्टाइनको व्यवस्थापनाका लागि सरकारले पठाउने बजेट मन्त्रालयमार्फत नभई सिधै कोरोना कोषबाट निकासा भएको उनले जानकारी दिए । 

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिएको र प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको बताए ।  यस्तै पछिल्लो समय १० अर्ब कहाँ खर्च भयो भन्ने प्रश्न उठेको र त्यो रकम स्थानीय तहमा मात्र नभई प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयमा निकासा भई खर्च भएको जानकारी समेत गराए । बैठकमा सांसदहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले गरेको काम र तीन तहका सरकार बीचको समन्वयको बारेमा चासो राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप