नागरिकता विद्येयक खारेजीको माग गर्दै गौरमा प्रदर्शन

रौतहट । जनता समाजवादी पार्टीका कार्यकर्ताले नागरिकता विद्येयक फिर्ता लिन माग गर्दै रौतहटको सदरमुुकाम गौरमा प्रदर्शन गरेका छन् । सरकारले ल्याएको नागरिकता संशोधनविरुद्ध सो पार्टीका कार्यकर्ताले मंगलबार गौरम प्रदर्शन गरेका हुन् ।
राज्य व्यवस्था समितिले बहुमतको आधारमा पास गरेको वैवाहिक अंगिकृत नागरिकता विद्येयक फिर्ता लिन माग गर्दै जसपाका कार्यकर्ताहरुको ¥याली मधेस क्रान्ति चोकबाट सुरु भई गौर परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागी कार्यकर्ताहरुका हातमा प्लेकार्ड र ब्यानर थिए ।
विदेशी बुहारीले ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्थाले नेपाल भारत बीचको बेटी रोटीको सम्बन्ध प्रभावित हुने तथा यो प्रावधानले खासगरी मधेसमा असर पर्ने भन्दै कार्यक्रममा चर्को विरोध भएको थियो ।
कार्यक्रममा जसपाका प्रदेश सांसद रामकिशोर यादव, गौर नगर प्रमुख अजय गुप्ता, जिल्ला समन्वय समितिका उपसभापति रामबशिष्ट यादव, रेवन्त झा, कन्थमणि जयसवाल, उपमेयर किरण ठाकुरसहित सयौं मानिसको सहभागिता रहेको थियो ।