शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बन्दाबन्दीमा पनि जारी छ भित्री सडकको काम

मङ्गलबार, १६ असार २०७७, १५ : ०७
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी रहेका बेला पनि भित्री सडक निर्माणका काम भने भइरहेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित कोलमती खोला किनारबाट उत्तरवाहिनी जाने करिब दुई किमी सडकमा निर्माण कार्य जारी रहेको छ । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको ठेक्कामा यो सडक निर्माण भइरहेको छ ।

कार्यालयले यो सडकमा रु २६ लाख बराबरको कामका लागि ठेक्का गरेको थियो । बन्दाबन्दीको असहज अवस्थामा पनि काम जारी रहेको वाल निर्माणको ठेक्का पाएको राजरोज कन्स्ट्रक्सनका प्रबन्ध निर्देश्क मन श्रेष्ठले जानकारी दिए । तोकिएको समयमा जिम्मेवारीको काम सक्ने गरी काम भइरहेको पनि उनले सुनाए । 

नगरपालिकाले प्राविधिक लगत स्टमेट गरी रु ५० लाख बजेट लाग्ने भनी प्रतिवेदन पेश गरेको सडकमा आधा कामका लागि मात्र कार्यालयले ठेक्का गरेको छ । आधा काम भएपछि के हुने भन्ने अझै निश्चित नभएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । प्रदेश सरकारले साना आयोजनामा पनि आधामात्र बजेट विनियोजन गर्दा वडाको वैकल्पिक सडक अलपत्र हुने देखिएको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप