मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तोषको नयाँ फिल्ममा पनि प्रदीप

मङ्गलबार, १६ असार २०७७, १४ : ४१
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय गर्दछन् । 

सोही कारणले पनि उनको फिल्मको चर्चा हुने गर्दछ । नेपालमा बक्सअफिस राम्रो कार्यान्वयन नभएको हिट फ्लप भन्न सकिने अवस्था छैन ।

प्रदीप फिल्म ‘प्रेमगीत’बाट चर्चामा छाएका हुन् । ‘प्रेमगीत’ पछि यसैको सिक्वेल ‘प्रेमगीत २’ र अहिले ‘प्रेमगीत ३’ अभिनय गरेका प्रदीप फेरि पनि निर्माता सन्तोष सेनकै फिल्ममा देखिने भएका छन् 

सन्तोषले अहिले बनाउने तयारी गरेको नयाँ फिल्ममा पनि अभिनेताको रुपमा प्रदीप नै रहने बताइएको छ । फिल्मको कथा ‘प्रेमगीत २’ निर्देशक रामशरण पाठकले लेखिरहेका छन् । निर्देशकको भने पाठक रहने नरहने कुनै टुङ्गो नभएको निर्माता सेनले बताए ।

फिल्म भने कमेडी जनरामा निर्माण हुने छ । जसको छायाँकन लोकेसन हेर्न निर्माता सेन अहिले उपत्यका बाहिर निस्किएका छन् । 

प्रदीप अभिनित फिल्म ‘प्रेमगीत ३’ भने प्रदर्शनको तयारीमा छ । यो फिल्म गतवर्षको चैत २८ मा रिलिज हुने तयारीमा थियो । तर, कोरोनाको कारण सरकारले लकडाउन गरेपछि फिल्म प्रदर्शन हुन सकेन । फिल्म आगामी चैत्रमा रिलिज हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप